अशोक पहाडी
गौर,१३ मंसिर /पहिलो चौमासिकको बजेट खर्च रौतहटका स्थानिय तहमा निराशाजनक देखिएको छ ।
जनप्रतिनिधिबीचको बिवादले अधिंकाश नगरपालिकाले विकास बजेट खर्च हुन नसकेको हो ।
गरुडा नगरपालिकामा नगर प्रमुख ईन्नुदेब राय र उप प्रमुख रंगीलादेबी जयसवाल बिच विवाद हुदा विकास बजेट खर्च हुन नसकेको हो । २०७६÷७७ को पहिलो चौमासिक सकिँदा केन्द्र सरकारको बजेटको ३० प्रतिशत मात्र खर्च भएको छ ।
विकास बजेट १४ करोड भएपनि खर्चको प्रगती शून्य भएपछि नैतिकताको आधारमा बसिरहन नसक्ने भन्दै गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले मन्त्रालयमा सरुवा माग गर्नुभएको छ । उहांको शुक्रबार सरुवा भएको छ । स्थानीय तहले प्राविधिकमार्फत योजना छनौट, उपभोक्ता समिति गठन, ठेक्का प्रक्रियासमेत अघि बढाएका छैनन । देबाही, फतुवा बिजयपुर, बौधिमाई, दुर्गाभगवती लगायतका स्थानीयतहमा पनि बिकाश बजेट खर्चको प्रगती शुन्य छ ।
कार्यालयका अनुसार पहिलो चौमासिक अवधिको निकासा हेर्दा खर्च निराशाजनक देखिएको होरु। कोलेनिकाप्रमुख भिमार्जुन ज्ञवालीले परिषद नै नगरेकोले केही स्थानीयतहको बजेट रोक्नुपरेको बताउनुभयो । कालेनिकाका अनुसार बित्तिय समानीकरणतर्फको २ अर्ब १५ करोड ८८ लाख निकाशा भएकोमा ३० प्रतिसत मात्र खर्च भएको छ । अधिकास स्थानीय तहमा ब्यापक बिवाद भएका कारण समेत बिकास बजेट समयमा खर्च हुन नसकेको जानकारहरुको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here