चन्द्रपुर,१५ मंसिर / सिंगो नेपाल देशनै खुल्ला दिशामुक्त घोषण गरियो । तर पछिल्लो समय रौतहटको बिभिन्न स्थानका बासिन्दाले शौचालयमा नभएर खुल्ला स्थानमा दिशा पिशा गर्ने गरेका छन् ।
एकबर्ष अघि खुला दिशामुक्त घोषणा भईसकेको रौतहटको बृन्दावन नगरपालिका अन्र्तगत अधिकांश वडाका मानिसहरु चौर,नहर,सडक र खुला ठांउमा दिशा गर्ने गरेको पाईएको छ ।
बृन्दावनमा मात्र नभएर जिल्लाका आधा जनसंख्या अझै दिशा गर्न खुल्ला स्थानमा जाने गरेको जानकारहरुको भनाइ रहेको छ ।
अशिक्षा,जेतनाको अभाव र नियमनकारी निकायद्धारा समय समयमा अनुगमन नहुंदा बृन्दावन नगरपालिका अन्र्तगतका केही वडाका मानिस बाहिरै शौच गर्छन भने घरमा शौचालय भएकाहरु पनी खुल्ला खेतमै शौच गर्न जाने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
शौचालय बाहिर दिशा पिशाब गर्नाले बाताबरण बिग्रएर बिभिन्न रोगहरु निम्त्याउने भए पनी चेतनाको अभावमा अधिकांश ग्रामिणभेगका मानिस शौचालय बाहिर दिशा पिसाब गर्ने गरेको बृन्दावनका स्थानीय बासिन्दा राम एकवाल साहले बताएका छन ।
नगरक्षेत्र अन्र्तगतको बिश्रामपुर ,चिकना, धमैरा,भुसाहा, आखरपाथर लगायत टोलका अधिकांस मानिस बिहान र बेलुका सडक छेउ,खेत, तथा नाहर, सडकको डिलमा दिशा पिसाव गर्ने गरेको गुनासो बढदै जानथालेको छ ।
खुला दिशामुक्त घोषणा हुनुअघि केही सामाजिक संस्थाको अगुवाईमा स्थानिय प्रहरीले बाहिर दिशा गर्ने मानिसलाई पक्राउ गर्ने अभियान चलाएको थियो । पछिलो समय सिंगो नेपाल राष्टनै खुला दिशामुक्त घोषणा भए पछि सबैपक्षबाट निगरानी हुन छोडिएको कारण हाल बृन्दावन नगरपालिका अन्र्तगत अधिकांस वडाका महिला तथा पुरुषहरु शौचालय बाहिरै दिशा गर्ने चलन बढदै गएकाले सोको नियन्त्रणका लागी स्थानिय तहका जनप्रतिनिधीले पहल गर्नु पर्ने जानकारहरु बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here