ओम प्रकाश यादव १५ मंसिर / रौतहटको गढिमाई नगरपालिका वडा नं २ मा आफुहरु पराजित भएपनि अलिकति पनि हतोसाहित र विच्चलीत नभएको समाजवादी पार्टी रौतहटले जनाएको छ । निर्वाचन हार र जितको खेल भएकोले यसमा एक पक्ष विजयी र एक पक्ष पराजित हुनु स्वभाविक भएको हुँदा पराजित हुँदैमा विच्चलीत नहुन समाजवादी पार्टीले आफना सम्पुर्ण कार्यकर्ताहरुलाई आग्रह गरेको छ । समनपुरको वडा अध्यक्ष पद चएनको लागि हिजो भएको निर्वाचनमा विजयी भएको नेपाली कांग्रेसका उम्मेदवार दिपेन्द्र श्रेष्ठसँग समाजवादी पार्टीका उम्मेदवार दिनेश दासले पराजित भएको थियो । समाजवादी पार्टी पहिलो पकट समनपुरमा स्थापित भएकोले आफनो पार्टीका उम्मेदवार पराजित भएपनि आफनो अवमुल्य मत दिएर समाजवादी पार्टीको हौसला बढाएको र सम्मान गरेकोमा समाजवादी पार्टीले सम्पुर्ण मतदाताहरुप्रति हार्दिक अभार प्रकट गरेको युवा नेता राजकुमार दासले बताएका छन । समनपुरमा भएको हारलाई समाजवादीले जिम्मेवारीका साथ स्वीकार गर्दै अगामि दिनमा पनि उम्मेदवार दासलाई नै अगाडि बढाउने बताएको छ । दासलाई चुनाव जिताउनको निमित प्रचार प्रसारको मुख्य जिम्मेवारी लिएका समाजवादीका नेता राजकुमार दास,जयनाथ यादव, कौशरखान मिथिला लगाएतले यो हारको जिम्मेवार आफुहरु रहेको स्वीकार गरेका छन । यो हारमा पार्टीको कुनै दोस नरहेको र यसको जिम्मेवार स्वंयम आफुहरु रहेको युवा नेता दासले स्पस्ट पारेका हुन । युवा नेता दासले भने यो हारले हामी अलिकति पनि विच्चलीत भएका छैनौ, र यसका जिम्मेवार हामी नै रहेकाले पार्टी पंक्तीप्रति औला उठाउन नमिल्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here