अशोक पहाडी
चन्द्रपुर,१५ मंसिर / चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सिग्देलले चन्द्रपुर नगरपालिकामा रहेका सामुदायीक विद्यालयमा वितरण गरेको विद्युतीय हाजिरी मेशन समेत गुणस्तर हिन रहेको विद्यालयहरुले बताएका छन् ।
आर्थिक बर्ष २०७६÷७७ बाट चन्द्रपुर नगरपालिकाले वितरण गरेको विद्युतिय हाजिरी मेशिनले कामै नगरेको र त्यसबाट हाजिर प्रिन्ट समेत नभएको एक द्यिालयका शिक्षकले बताए । नगरपालिकाले शिक्षा समिति मार्फत खरिद गरेर दिएको हाजिरी मेशिन नामको मात्र रहेको कुनै विद्यालयमा समेत हाजिरको प्रिन्ट नहुने गरेको ती विद्यालयहरुले बताएका छन् ।
चन्द्रपुर नगरपालिकाबाट बिनियोजित रकमबाट शिक्षा समितिले बिद्युतीय हाजिरी मेशिन खरिद गरेका सामुदायीक विद्यालयहरुलाइ दिएको थियो । सो मेशिन खरिदमा समेत ब्यापक आर्थिक चलखेल भएका कारण दैनिक हाजिर प्रिन्ट नहुने गरेको एक शिक्षकले बताए ।
शिक्षा शाखा प्रमुख सिग्देलकै मिलेमतोमा चन्द्रपुर नगरपालिकाको शिक्षा शाखामा ब्यापक रुपमा आर्थिक अनियमिता भएको भएपनि जनप्रतिनिधिले त्यस तर्फ खासै ध्यान नदिएका कारण सिग्देल सहितका शिक्षा शाखाका कर्मचारीको मनोमानी बढदै जान थालेको स्थानीय शिक्षकहरुले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here