धनुषा,१७ मंसिर / धनुषाबाट एकजना ट्राफिक प्रहरी घुससहित पक्राउ परेका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ट्राफिक प्रहरीका सई नविनकुमार झालाई घुससहित पक्राउ गरेको हो । ट्रिपर चालकसँग एक हजार घुस लिइरहेको अवस्थामा अख्तियारको बर्दिवास कार्यालयबाट पुगेको टोलीले झालाई नियन्त्रणमा लिएको हो । ढुंगा तथा गिट्टी ढुवानीमा सहज गरिदिने भन्दै सई झाले ट्रिपर चालकसंग रुपैया लिदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ । ट्रिपर चालकसंग पटक–पटक पैसा माग्ने गरेपछि झाविरुद्ध अख्तियारको कार्यालयमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा अख्तियारको टोलीले अनुगमनगर्दा उनी घुससहित पक्राउ परेका हुन् । झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here