गौर,१७ मंसिर / प्रत्येक पाच वर्षको अन्तरालमा बाराको बरियारपुरमा लाग्ने विश्व प्रसिद्ध गढिमाई मेला यस वर्ष पनि लागेको छ । नेकपा प्रदेश २ का अध्यक्ष एवं पुर्व मन्त्री प्रभु साहले पा“च वर्षपछि यस वर्ष विश्व प्रसिद्ध गढिमाई मेला लागेको मेलामा आवत जावत गर्न श्रधालु भक्तजनहरुलाई सहज हुनको लागि मेलाको बाटोसंग जोडिएको रौतहटको विभिन्न सडकखण्डलाई मर्मत सम्भार गराएका छन । संघिय सांसद समेत रहेका पुर्व मन्त्री साहले मेलालाई मध्य नजर गर्दै वर्षौदेखी विग्रेको रौतहटको जयनगर मौलापुर बरियारपुर सडक तथा झा“झपुल दुधियाभार सडकलाई मर्मत सम्भार तथा स्तरोन्ती गराएका हुन । ति दुवै सडकमा वर्षोदेखी ठुल ठुल्ला खाल्डा खुल्डी रहेको थियो जस्का कारण यात्रुहरु जोखिमपुर्ण यात्रा गर्दै आएका छन । बरियारपुर स्थित गढिमाई मन्दिर जाने रौतहटको मुख्य बाटोको रुपमा रहेको जयनगर मौलापुर सडक र झाँझपुल दुधियाभार सडक नै मर्मतको अभावमा विग्रेको थियो । सडक पुर्ण रुपमा विग्रेको कारण मेला हेर्न र गढिमाईसँग दर्शन गर्न जाने यात्रीहरुलाई ठुलो कठिनाई हुने देखेर आफु उक्त जयनगर मौलापुर बरियारपुर सडक तथा झाँझपुल दुधियाभार सडकलाई मर्मत सम्भार तथा स्तरोन्ती गराएको सांसद प्रभु साहले बताउनुभयो । यात्रीहरुको सहजता र सुविधाका लागि खाल्डा खुल्डी भएको सडकमा माटो पुरेर आवत जावत सहज बनाईएको सांसद साहले बताए । खाल्डा खुल्डी भएको सडकमा माटो राखिएपछि उक्त सडकहरु अब पिच जस्तो भएको र आवत जावत गर्न सहज भएको यात्रीहरुले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here