सिरहा १८ मंसिर । सिरहामा ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोलबजार नगरपालिका – ६ का १८ वर्षीय बालकृष्ण साह, गोलबजार नगरपालिका –३ का १८ वर्षीय मनिष श्रेष्ठ, २२ वर्षीय विमलकुमार साह र उनका भाइ १८ वर्षीय निलमकुमार साह रहेका छन् ।

विशेष सूचनाको आधारमा मंगलबार राती दुई जनालाई गोलबजार ३ बाट आठ पोका ब्राउन सुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीले बताए ।

सोही सूचनाको आधारमा गोलबजार–६ बाट थप दुई जना गरी चार जनालाई पक्राउ गरिएको इन्सपेक्टर पुरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here