रौतहट,१८ मंसिर । बाराको गढीमाईमा लागेको मेला हेर्न जाने भक्तजनका कारण पुर्व पश्चिम राजमार्गमा सवारी जाम बढेको छ ।
सवारी चापका कारण ट्राफिक जाम बढेको हो । रौतहटको बागमती देखी बाराको सिमा पुल धन्सार सम्म ट्राफिक जाम बढेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाकाएको छ । मंगलबार राती भरी चन्द्रनिगाहपुर देखी धन्सार खोला सम्म सवारी जामका कारण समस्या उत्पन्न भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको लामो प्रयास पछि मंगलबार सांझ ४ बजे देखी लागेको सवारी जाम बुधबार दिउसो मात्र खुलेको थियो । ट्राफिक जाम खुलाउनका लागि रातदिन ट्राफिक र नेपाल प्रहरी खटेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here