महोत्तरी १८ मंसिर / महोत्तरीको बर्दिवासमा आज विहान पिकअप भ्यान दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। १५ जना घाइते भएका छन् । दुर्घटनामा धनुषाधाम २ का शकुन्तलादवी साह र र्बतनिया महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ । बाराको गढीमाइ मेला दर्शन गरेर जनकपुर फर्कने क्रममा ना ५ च १२२७ नम्बरको पिकअप भ्यान अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका १५ जनाको महोत्तरी र धरानका विभिन्न अस्पतालमा उपचार भइरहेको महोत्तरी प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here