अशोक पहाडी
चन्द्रनिगाहपुर,१९ मंसिर । चन्द्रपुर नगरपालिकाको मुख्य चोक स्थानीय होटलबाट निस्कने पानीका कारण दुर्गन्धित बन्दै जान थालेको छ ।
पुर्व पश्चिम राजमार्गसंग जोडिएको चन्द्रपुर नगरपालिकाको वडानं ४ मा पर्ने मुख्य चोक बजार होटलबाट निस्केको फोहोर पानीका कारण दुर्गन्धित बन्दै जान थालेको हो ।
चन्द्रपुर नगरको मुख्य चोकमा होटलबाट निस्केको पानीका कारण सर्बसाधारणलाई आवत जावतमा समेत समस्या पर्ने गरेको स्थानीय ब्यापारीहरुको भनाइ रहेको छ ।
ब्यावस्थित नाला नभएका कारण स्थानीय होटल तथा लजबाट निस्कने फोहोर पानी पुर्व पश्चिम राजमार्गमा छाडिने गरिएको छ । होटलबाट निस्केको फोहोर पानीका कारण बाटोमा हिड्दा समेत नाक थुनेर हिडनुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा लोक बहादुर मग्रातीले बताए ।
चन्द्रपुर नगरपालिकाको चरम लापारवाहीका कारण होटल संचालकले मनोमानी गरेको स्थानीयको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here