गौर,२१ मंसिर / रौतहट सदरमुकाम गौर स्थित आइबिए बिधालयले जुनियर रेडक्रस सर्कलको कार्यसमिति गठन गरिएको छ । समाज प्रति उच्च समाजसेवाको भावना सहितको जुनियर रेडक्रस सर्कलको कार्यसमिति गठन गरिएको हो । समाजका विभिन्न विषयलाई समेटि अगाडि बढने कार्यसमितिका अध्यक्ष सबिना बेगमले बताइन् । ११ जनाको कार्यसमितिमा अध्यक्ष कक्षा ८ कि सबिना बेगम उपाध्यक्षमा राहुल ठाकुर, सचिवमा सौरब गुप्ता उपसचिवमा स्वेअतन्सु कर्ण, कोषाध्यक्षमा दिपान्जली रजक, उप–कोषाध्यक्षमा अनु साह र सदस्यहरुमा रुपा मिश्रा, सजन साह, सुमित साह, अमृता ठाकुर रहेको कुरा नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय कार्यालयका प्रतिनिधि किरण तिवारीले बताए । उक्त कार्यसमिति गठन कार्यक्रममा कक्षा ६, ७ र ८ का विद्यार्थीहरुलाइ केन्द्रिय प्रतिनिधि किरण तिवारीले रेडक्रस, स्वमसेवक, लिडरसिप र नेतृत्व सम्बन्धि विषयमा सम्बाद गरेका थिए । उक्त कार्यक्रम सहभागी विद्यार्थी निरन्जन भन्डारीले रेडक्रसले गरेको सिद्धान्त प्रति धन्यवाद ज्ञपन व्यक्त गरेका थिए । सो कार्यक्रममा नव निउक्त अध्यक्ष सबिना बेगमले आफु मुस्लिम छोरी भएको भएपनि मानवताको नताले सेवा गर्ने कुरा व्यक्त गरेकि थिइन । कार्यक्रममा शिक्षक रबिप्रधान साहले बाढी पीडित देखि आगलागी सम्म, सुन्तली फाउन्डेसन सम्मलाई सहयोग गर्ने आइबिए परिवारमा जुडिन पाउदा खुशी व्यक्त गरेका थिए । कार्यसमितिका अध्यक्ष सबिवा बेगमले नया कार्ययोजना बनाइ समाजमा छिटै पस्ने बताइकी छिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here