गौर,२२ मंसिर / डाक्टर एक भगवानको रुप हो । डाक्टरलाई मान्छेले भगवान जस्तै बिश्वास गरेका हुन्छन । तर डाक्टरकै नियत खराब भएपछि मान्छे कसरी डाक्टरमाथि बिश्वास गर्छन । रौतहटमा महिलालाई बलात्कार गरेको आरोपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको यमुनामाई गाउपालीकाको स्थित सरुअठा हेल्थ पोस्टका इन्चार्ज ४५ बर्षिय सुधिर कुमार सिंहलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । सिंहले एक महिलालाई चरम यातना दिएर बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । गत मंसिर १८ गते चितवनबाट रौतहटको सदरमुकाम घुमफिर गर्न आएकी एक ३० बर्षिया महिला घर फर्किनको लागी गौर बसपार्कमा बसको पतिक्षा गरिरहेकैं बेला डाक्टर सिंहले ति महिलालाई चितवनको बस चढाइदिने भन्दै मोटरसाइकलमा राखेर सदरमुकामबाट करिब १५ किलो मिटर उतर सरुअठा हेल्थ पोस्टमा लगेका थिए । डाक्टरले चन्द्रनिगाहपुरबाट चितवनको गाडी चढाइदिने बाचा गरेर मोटरसाइकलमा बसाएका महिलालाई डाक्टर सिंहले सरुअठास्थित हेल्थ पोस्टमा रातभर थुनेर जवरजस्ती बलात्कार गरेका थिए । पिडत महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण गरीएको छ । उनको जाहेरीको आधारमा डाक्टर सिंहलाई पक्राउ गरि आवश्यक अनुन्धान भइरहेको रौतहटका प्रहरी प्रवक्ता डिएसपि नविन कार्कीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here