गौर,२३ मंसिर ÷सशस्त्र प्रहरी बल, रौतहटले भन्सार छलेर भारतबाट नेपाल भित्राइएका करिब ११ लाखभन्दा बढी मूल्यका लत्ता(कपडा बरामद गरेको छ । भारतीय सीमाक्षेत्रबाट तस्करी गरेर ल्याउदै गरेको लताकपडा रौतहटको राजदेवी नगरपालिका(६, बाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । २ वटा गाडीमा राखेर ल्याएका अवैध कपडा सहितको गाडी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, गौरमा बुझाइएको सशस्त्र प्रहरी बल ११ नम्बर गणले जनाएको छ ।भन्सार छलेर सामान नेपाल भित्र्याउने प्रवृत्ति बढ्दै गएको छ । गत महिनामात्रै ५१ लाखभन्दा बढीको सामानहरू भन्सार कार्यालयमा बुझाइएको ११ नम्बर गणका प्रहरी उपरक्षीक रविनराज कर्ण्जितले बताए । चालू आर्थिक वर्षमा १ करोड ७५ लाखभन्दा बढीको सामान भन्सार कार्यालयमा बुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here