चन्द्रपुर,२३ मंसिर / रौतहटको चन्द्रपुर नगरपालिकामा नगर स्तरीय कराते प्रतियोगितमा सुप्रिया पोखरेल र संजिब राइ चन्द्रपुर नगर कै उत्कृष्ठ कराते खेलाडी बनेका छन । कराते महासंघ रौतहट शाखाको आयोजनामा शनिबार चन्द्रपुर नगरपालिकाको वाड नं. ३ गैडाटारमा आयोजित प्रतियोगिता पोखरेल र राईलाइ उत्कृष्ठ खेलाडी घोषणा गदै नगद ५÷५ हजारको धनराशी सहित सम्मान गरिएको थियो ।
चन्द्रपुर नगरपालिका वाड नंं ३ को आर्थिक सहयोगमा सम्पन्न उक्त खेलमा चन्द्रपुर नगर क्षेत्रका बिभिन्न तौलका १ सय ५० भन्दा बढी महिला तथा पुरुष खेलाडी सहभागिता भएका थिए । प्रतियोगितामा २५,३०,३५,४०,४५,५०,५५ र ६० केजी तौलका खेलाडीहरु सहभागिता जनाएका थिए । हरेक तौलमा प्रथम द्धितिय र ततिृय भएका खेलाडीहरुलाइ मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो । संघका रौतहट अध्यक्ष अशोक कुमार पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा वाड नंं ३ का वाड अध्यक्ष बोधराज देबकोटा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि वाड अध्यक्ष देबकोटाले खेल क्षेत्रको बिकाश गर्नको लागी सदैब तयार रहेको बताएका छन ।
कार्यक्रममा समाजसेवी तथा तिलेश्वर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष राजु धामीले खेल जगतको बिकाश आजको आवश्यकता भएको बताएका थिए । बिजेता खेलाडीहरुलाइ अतिथिहरु नेपाल पत्रकार महासंघ रौतहट शाखाका कोषाध्यक्ष रमेश तिमलसिना,पत्रकार द्धय सुब्बा कार्की,दिपेश पौडेल,नेकपाका युवा नेता राजु तिवारी,युवा ब्यबसायी बिष्ण्ुा न्यौपाने लगायतले प्रमाण पत्र तथा मेडल प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here