गौर,२५ मंसिर । जिल्ला प्रहरी कार्यालय रौतहट गौरले बिभिन्न मुद्दामा फरार रहेका १३ जना अभियुक्तलाई एकै दिन पक्राउ गरेको छ । सोमबार बिभिन्न मुद्दामा फरार रहेका रौतहटका बिभिन्न स्थानबाट एकै दिन १३ जना अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नबिन कार्कीले जानकारी दिएका छन् । प्रहरी टोलीले फैसला कार्यान्वयनको सिलसिलामा न्यायिक निकायबाट कैद तथा जरिवाना तोकिएका र हालसम्म फरार रहेका बिभिन्न मुद्दाका अभियुक्तलाई खोज तलास गर्दै जाने क्रममा निजहरू लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here