महोत्तरी,१ पुस । जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नं गण हेडक्वार्टर जलसागर महोत्तरीका प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए । आइतबार साझ जिल्लाको मटिहानी बजारबाट जलेश्वरतर्फ चाँदी बोकी आउदै गरेका युवक ठाकुरलाई मटिहानी नगरपालिका–९ स्थित जलसागर नजिकै सशस्त्र प्रहरीले शङ्का लागी जांच गर्दा चाँदीसहित पक्राउ गरेको हो ।
अभियुक्त ठाकुरलाई आवश्यक कारबाहीका लागि गए राति नै सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय मलिवारा, जलेश्वरमा बुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here