चन्द्रपुर,१ पुस । चन्द्रपुर नगरपालिका पशु सेवा शाखाको आयोजनामा एक दिने गणकहरुको लागी कृषि तथा पशुपन्छी तथ्यांक सम्बन्धि तालीम सप्पन्न भएको छ ।
तालिम सोमबार भएको थियो ।
तालिमको सहजीकरण चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुशोत्तम घिमीरे, पशु सेवा शाखा प्रमुख खडक कुमार मैनाली ,अधिकृत छैठो दुर्गा प्रसाद चिमोरियाले गर्नु भयको थियो ।
पशु सेवा शाखा चन्द्रपुरको आयोजाना मा संचालित तालिममा २५ जना गणकको सहभागिता रहेको पशु सेवा कार्यालय चन्द्रपुरले जानकारी दिएको छ ।
तालिम को मुख्य उदेश्य चन्द्रपुर नगरपालिका भित्रको कृषि, पशु ,पन्छी मत्स्य सम्बन्धि तथ्यांक लिइ भाबि योजना तयार गर्ने र अनुगमन तथा मुल्यांकन लाइ प्रभाबकरी बनाउने रहेको पशु सेवा कार्यालय चन्द्रपुरका प्रमुख खडक कुमार मैनालीले बताउनु भयो ।
चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुशोत्तम घिमीरेले तालिममा सिकेका कुरा ब्यावहारमा लागुपर्न आग्रह गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here