बृन्दावन,१ पुस ।
जिल्लाको बृन्दावन नगरपालिकाको बलेरीमा प्रहरीले अबैध मदिरा उत्पादन गर्ने भट्टी तोडफोड गरेको छ ।
सो स्थानमा मदिरा उत्पादन तथा बिक्रि बितरण बढेको समाचार तराई एक्सप्रेसले प्रकाशन गरेपछि प्रहरीले मदिरा उत्पादन गर्ने भट्टी तोडफोड गरेको हो ।
बृन्दावन नगरपालिका वडानं. १ बलरीको भोटेटोलमा करिब २५ सय लिटर कच्चा पदार्थ र मदिरा नष्ट गरिएको प्रहरीले जनाएका छ । सो गाउको जङल छेउमा बसोवास गर्दै आएका स्थानियले लामो समयदेखि मदिरा उत्पादन गर्दै आएका थिय । उक्त गाउ“मा बनेको मदिरा जिल्लाको विभिन्न स्थानमा पुग्ने गरेका थियो ।
तराई एक्सप्रेसमा समाचार प्रकाशन भएपछि ईलाका प्रहरी कार्यालय गरुडाका इन्सपेक्टर केदार नन्द र बिश्रामपुर प्रहरी चौकीका सई सतरुधन राउत बरईको कमाण्डमा खटिएको प्रहरीले सो मदिरा नष्ट गरेको थियो ।
प्रहरीले सो गाउमा १८ घरबाट करिब २५ सय लिटर मदिरा नष्ट गरेको बिश्रामपुर प्रहरी चौकीका सई राउतले बताएका छ्न । मदिरा उत्पादनले सो गाउ“का स्थानीय आजित बनेका थिए । मदिरा नष्ट भएपछि सो गाउ“का स्थानिय वासिन्दाले प्रहरीलाई धन्यवाद दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here