विजयपुर,४ पुस / रौतहटको पश्चिमीभेग फतुआ बिजयपुर नगरपालिका स्थित पशु चौपायामा लाग्ने भ्यागुते रोपको प्रकोप देखिएको छ । दुईसाता भित्र भ्यागुते रोगले ग्रतिस सातवटा भैंसी मरेको् छ । फतुआ बिजयपुर वडा १ गमहरियामा पछिलो १५ दिन देखी पशुु चौपायामा भ्यागुते रोगको प्रकोपको देखिएको छ । दुईसाता भित्र स्थानिय जवाहिर महरा चमार,राजकिशोर यादव,तेज नारायण यादव,हंशलाल यादव,गगनदेव यादव लगायत सातजनाको भैंसी भ्यागुते रोपबाट ग्रसित भई मृत्यु भएको स्थानिय समाजशेवी बिधानन्द यादवले बताएका छन । भ्यागुते रोग बाट ग्रसित भएका भैंसीको उपचार हुँदा हुँदै मृत्यु भईरहेकाले किसानहरु दोहरोमारमा परीरहेको समाजशेवी यादवले गुनासो गरेका छन । पशु शेवा शाखा फतुआ बिजयपुरका प्रमुख रामप्रसाद मण्डलका अनुसार गमरियामा पशुु चौपायामा फैलिएको रोग एचएस भ्यागुते रहेको बताएका छन । उक्त रोग नियन्त्रण गर्न खोप चलाउनुु पर्ने हुन्छ तर नगरपालिकामा नगर परिषद नभएको कारण आफुहरुले तलव समेत खान नसकी रहेको अवस्थामा खोपको लागी लागतको ब्यवस्थामा प्रयास गरीरहेको प्रमुख मण्डलले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here