गौर,४ पुस / रौतहट प्रहरीले फरार चार जना प्रतिबादी लाई पक्राउ गरेको छ । अदालत बाट कैद तथा जरिवानामा सजाय तोकिएकी पछि फरार रहदै आएकालाई रौतहट प्रहरीले धमाधम पक्राउ गर्दै आएको छ । पक्राउ पर्नेमा बौधिमाई नगरपालिका–६ निबासी शंकर राय यादब, सोही नगरपालिका निबासी अनुठा साह कानु, देबन ठाकुर, सुखल ठाकुर रहेका छन । उनीहरु लाई जिल्ला अदालत गौरले जरिवाना तोकेपछि फरार रहदै आएका थिए । पक्राउ परेका चारै जना लाई जिल्ला अदालत गौर पेश गरिएको प्रहरी नायब उपरिक्षक नबिन कार्कीले बताउनु भयो । यता प्रहरीलाई घुस रकम दिन खोज्ने एक जना बुधबार बेलुका सर्लाहीको हरिवनबाट पक्राउ परेका छन् । बागमती नगरपालिका ८ का श्यामकुमार श्रेष्ठले ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक सुवास भट्टराईलाई मुद्दा मिलाउन भन्दै फाईलमा पंँच सय दरका २० वटा नोट घुस रकम दिन खोज्ने एक महोत्तरीमा बुझाएको सर्लाही प्रहरीका प्रबक्ता प्रतीत सिंह राठौरले जानकारी दिनुभयो । श्रेष्ठले हरिवनमा भएको मोटरसाइकल दुर्घटनाको मुद्दा मिलाउन दस हजार रुपैया“ दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here