चन्द्रपुर,५ पुस / रौतहटको चन्द्रनिगाहपुर स्थित नव विकास बचत तथा ऋण सहकारी संस्था लि. प्रदेश नम्बर २ कै उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानीत भएको छ । काठमाण्डौमा सम्पन्न राष्ट्रिय सहकारी बैंक लि. को १६ औं वार्षिक साधारण सभाका अवसरमा बैंकले संस्थालाई प्रदेश नम्बर २ कै उत्कृष्ट संस्थाको रुपमा सम्मान गरेको हो । प्रदेश नम्बर २ का सहकारी मध्ये बचत तथा ऋण कारोवार गर्ने सहकारी संस्थाबाट नव विकास सम्मानीत भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले संस्थाका अध्यक्ष देव बहादुर सापकोटा लाई सम्मान पत्र र दोसल्लाले सम्मान गर्नुभएको थियो । साधारण सभाका अवसरमा बैंकको सदस्य संस्था समेत रहेको सहकारीले सहकारीको विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पुर्याएबको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गरेको थियो । चन्द्रपुर नगर भरी स्थानीय स्तरमै सेवा प्रदान गर्दै आईरहेको संस्थामा १८ सय ५० भन्दा वढि शेयर सदस्य, १६३ करोड शेयर पुंजी, १३ करोड बचत, १५ करोड लगानीमा रहिरहेको ऋण, १ करोड ६० लाख कोष, ८ जना कर्मचारी र १९ करोड कुल सम्पत्ति रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here