जनकपुर,६ पुस / प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबैजनाले आ–आफ्नो जिम्मेवारी पुरा गरे देश समृद्ध हुने बताएका छन् ।
अकाउन्टिबलीटी ल्याबले शनिबार जनकपुरधाममा आयोजना गरेको सार्वजनिक सेवामा सदाचारिता बिषयक अन्तर सम्वाद कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै मुख्यमन्त्री राउतले सबैले आफैबाट सुधार गर्नुपर्ने आवश्यकता रहेको कुरामाथि जोड दिएका थिए ।
उनले भने,हामी जहा“ छौं त्यहिंबाट सुधार गरौं । हामी जहा“ छौं त्यहिंबाट सदाचारिता,इमान्दारिता र जवाफदेहिता सुरु गर्यौं भने मुलुक समृद्ध बन्छ । सबै नागरिकले आ–आफ्नो स्तरबाट जिम्मेवारी निर्वाह गरे हामी एउटा समृद्ध मुलुकको सम्पन्न नागरिक कहलाउने जिकिर गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ चा“डै समृद्ध प्रदेशको सूचिमा समावेश हुने दाबी गरेका छन् ।
कार्यक्रममा प्रदेश २ नीति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा,प्रदेशसभा सदस्य परमेश्वर साह,नेपाली काँग्रेस धनुषाका उपसभापति संतोष यादव,अर्थविद डा.सुरेन्द्र लाभ,धनषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल,नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र लगायतका व्यक्ताहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here