चन्द्रपुर,७ पुस । रौतहटमा चिसो बढेपछि सर्बसाधारणको राहतका लागि प्रहरीले ठाउ ठाउमा आगो ताप्ने ब्यावस्था मिलाएको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चन्द्रपुर नगरपालिकाको बिभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने ब्यावस्था मिलाएको हो ।
लगातारको चिसो र शितलहरका कारण रौतहटको जनजीवन नराम्ररी प्रभावित बन्न पुगेपछि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले वन कार्यालयसंग समन्वय गरेर बिभिन्न स्थानमा आगो ताप्ने व्यावस्था मिलाएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कवित कटुवालले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here