मुख हाम्रो महत्वपूर्ण अङग हो । हाम्रो शरीरलाई आवश्यक खाना हामीले मुखबाट नै खाने गर्छौं ।
त्यसैले पनि मुख स्वास्थ्य महत्वपूर्ण अङगको रुपमा मानिन्छ । तर श्वास गन्हाउने समस्याले कतिपय मानिस विभिन्न सभासमारोहमा जान पनि हिच्किचाउनुपर्ने अवस्था गर्छन् ।
मुख तथा श्वास गन्हाउदा अरुलाई पनि समस्या हुन्छ भने सम्बन्धित व्यक्तिलाई पनि झनै गाह्रो भइरहेको हुन्छ ।
श्वास तथा मुख किन गन्हाउँछ ? दाँत सफा गर्दा ध्यान दिनुपर्नेलगायत विषयमा दन्त रोग विषेशज्ञ डा. सुवास घिमिरेको सुझाव यस्तो छ ।
डा. घिमिरे ओम समाज डेण्टल अस्पतालका सञ्चालक समेत हुन् । बिहान उठ्ने बित्तिकै ब्रस गरेन भने एक–दुई घण्टामै एक किसिमको ब्याक्टेरिया भरिदै जान्छ । १२ घण्टाभित्र राम्रोसंग ब्रस गरिएन भने मुख गन्हाउन थाल्छ । दांतको ५ भाग हुन्छ ।
हामी ब्रस गर्दा ३ भाग मात्रै गर्छौं । दाँतको ५ भाग राम्रोसँग सफा गर्न सकियो भने सामान्यतया १२ घण्टासम्म ब्रस नगर्दा पनि मुख गन्हाउने समस्या हुँदैन ।
मुख हाम्रो महत्वपूर्ण अङग हो, त्यसैले यसको राम्रोसँग ख्याल गर्नुपर्ने हुन्छ ।
दांतको उपचार गर्दा जस्तै दांत भर्दा, राखिएको नया दांतमा समस्या आउँदा मुख गन्हाउन सक्छ । सामान्यतया दिनको ३ पटकसम्म दाँत माझ्दा राम्रो हुन्छ । राम्रोसँग सरसफाई नगर्दा ब्याक्टेरियाको कारणले पनि श्वास गन्हाउँछ ।
ब्याक्टेरियाको घाउले किटाणु सलफाइड उत्पादन गर्छ, त्यसले पनि मुख गन्हाउछ । साथै मुख गन्हाउनुका अन्य कारण पनि हुन्छन् । जस्तै दांत किरा लागेको छ भने त्यसमा खानेकुरा अड्किन्छ ।
अनि त्यसलाई सफा नगर्दा दंँतमा पसेर कुहिन्छ । दाँत सिधा पार्नको लागि तार प्रयोग गरेको छ भने पनि राम्रोसँग सफा नगर्दा श्वास गन्हाउने हुन्छ ।
साथै मुखभित्र घाउखटिरा आएको छ, टन्सिल भएको छ वा क्यान्सर भएको छ भने पनि यस्ता समस्याले मुख गन्हाउने हुन्छ । मिर्गाैला, कलेजो, मुटुको समस्याका साथै पेटमा पनि समस्या छ भने मुख तथा श्वास गन्हाउने गर्दछ । अनियन्त्रित मधुमेह भएको व्यक्तिको श्वास तथा मुख गनाउने समस्या आउन सक्छ । तर यी कुनै पनि कारण छैनन् ।
मुख स्वास्थ्य अवस्थामा हुंदा पनि श्वास गन्हाउँछ भने क्यान्सर भएको हो कि भनेर अनुमान गर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here