गौर,८ पुस / जुटमिलमा भएको अनियमितता जांचबुझ गर्न गठन भएको आयोग भन्छ, जग्गा व्यक्तिको नाममा बनाउन वैधानिक रूपमा भूमिका खेलेको भन्दै विभागीय मन्त्रीको रूपमा तत्कालीन उद्योगमन्त्री अनिल झालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरिन्छ ।
झाले विराटनगर जुटमिल सञ्चालक समितिको निर्णय नै नगराई उद्योगलाई नोक्सान हुने गरी २३ पुस ०६९ मा मन्त्रीस्तरीय निर्णय गरी मिलको जग्गा व्यक्तिलाई दिने निर्णय गरेकाले कारबाहीका लागि सिफारिस गरिएको हो ।
विराटनगर जुटमिललाई घाटामा प¥याउने गरी मन्त्रीले आफ्नो क्षेत्राधिकार बाहिर गई निर्णय गरेको भन्दै नियमसंगत मान्न नसकिने ठहर जांचबुझ आयोगको छ । तत्कालीन मन्त्री झाले विराटनगर जुटमिल सञ्चालक समितिको निर्णयलाई छलेर आफैँले मन्त्रीस्तरीय निर्णय गरी २३ पुस ०६९ मा जुटमिलका संरचना भत्काएर मिलको जग्गा व्यक्तिलाई दिलाउन भूमिका खेलेका थिए । झा रौतहटको क्षेत्रनं १ का संघिय सांसद समेत हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here