चन्द्रपुर,८ पुस / ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अबैध चिरान काठ सहित ६ जनालाई पक्राउ गरेको छ । काचो चिरान काठ सहित चन्द्रपुर नगरपालिका २ बाट पक्राउ परेकाहरुलाई प्रहरीले डिभिजन वन कार्यालयमा बुझाएको छ ।
सोमबार दिउसो १२ बजेको समयमा गस्तीमा खटिएको प्रहरीले चन्द्रपुर नगरपालिका वडा नं २ स्थित नयांवस्ती गाउंबाट चन्द्रपुर नगरपालिका २ वस्ने वर्ष २२ को राकेश चौधरी, वर्ष ३० को रुपलाल चौधरी, वर्ष ३२ को भागरित चौधरी, वर्ष २४ को रुपेश चौधरी, वर्ष ६० को रामनारायण चौधरी र वर्ष ४० को मानवहादुर थोकरलाई काठ चिरान गर्ने आरा २ थान र करम जातका कांचा चिरान गरेका पटाहा थान १२ थान सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कवित कटुवालले जानकारी दिए ।
जंगल क्षेत्रतर्फवाट वोकी ल्याईरहेको अवस्थामा फेला पारेका उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा वुझाईएको डिएसपी कटुवालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here