अशोक पहाडी
रौतहट,९ पुस । जाडो बढेपछि रौतहट जिल्लाको इशनाथ नगरपालिकाले नगरका बिभिन्न स्थानमा सर्बसाधारणको राहतका लागि आगो बाल्ने ब्यावस्था गरेको छ । नगरपालिकाले डिभिजन वन कार्यालयबाट दाउरा किनेर नगरका सार्वजनिक स्थानमा आगो ताप्ने ब्यावस्था गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्द किशोर गुप्ताले जानकारी दिएका छन् ।
जाडो बढेका कारण साना बालबालिकामा समस्या देखिएकाले आईतबार सम्मका लागि नगरका विद्यालय बन्द गरिएको समेत गुप्ताले जानकारी दिएका छन् ।
चिसो हावासंगैको शीतलहरीका कारण नगरबासी समस्यामा परेकाले आफुहरुले दाउरा किनेर नगरपालिका भित्रका चोक तथा सार्वजनिक स्थानमा आगो बालेर राहत पु¥याउने काम गरेको इशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here