गौर,९ पुस / उमेर बढाएर दोश्रो पटक नाम परिवर्तन गरेर नागरिकता लिने खोजेका एक नेपाली नागरिकलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले प्रहरीलाई पत्र पठाएको छ ।
रौतहटको राजपुर नगरपालिका वडा नम्वर १ पिप्रा भगवानपुर घर भएका सोना ठाकुर लोहारको छोरा सचिन ठाकुरले २०६० जेठ २ गते जन्म मितिको आधारमा ३२÷०१÷७६÷०१९८ नम्वरको नागरिकता २०७६ जेठ २७ गते लिईसकेको भएपनि निजले पुन ः ऋषिदेव ठाकुर नाम राखेर जन्म मिति २०५७ साल वैशाख १० गते देखाएर गत सोमवार नागरिकता लिन खोजेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो ।
सचिनले ऋषिदेव ठाकुर नाम परिवर्तन गरेर जन्मदर्ता नक्कली बनाएर कार्यालयमा पेश गरेपछि आवश्यक अनुसन्धान गर्दा दोहरो नागरिकता लिने ठाकुर अनुसुची फर्म सहितको कागजात कार्यालयमा छाडी भागेपछि उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र पठाइएको हो ।
दोहरो नागरिकता बनाउने कार्यमा सहयोग पुर्याउने वडा सचिव जयमंगल साह र वडाध्यक्ष अमिरुल्ला समेत शंकाको घेरामा रहेको हुदा निजहरु माथि आवश्यक अनुसन्धान गरिने उक्त कार्यालयको मुद्दा फांटका एक कर्मचारीले बताए ।
नेपालीको हकमा उक्त कसुरमा १५ हजार जरिवाना एवं कैद सजायको प्रावधान रहेको छ । एक पटक नागरिकता लिएका व्यक्ति नाम परिवर्तन गरी दाश्रो पटक नागरिकता लिएमा किर्ते गरेको ठहर गर्दै कारवाही हुने स्पष्ट कानुनी व्यवस्था रहेको हुंदा एक पटक लिएका व्यक्तीहरु यस्तो गैर कानुनी कार्य गर्नु नहुन सम्पूर्ण वर्ग सचेत हुन जिल्ला प्रशासन कार्यालय रौतहटले सबैमा आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here