वीरगंज,९ पुस । पर्साको छिपहरमाई र कालिकामाई गाउपालिकाको दुई ठाउमा मंगलबार बिहान आगलागी हुंदा लाखौैंको क्षति भएको छ । छिपहरमाई–१, भिर्जापुरका चनजित महतो कोइरी र कालिकामाई–३ हरिहरपुर बिर्ताका राधेश्याम गोढको घरमा बिहान आगलागी भएको इलाका प्रहरी कार्यालय पोखरियाका विनोद रानाले जानकारी दिए । कोइरी र गोढको घरमा आगलागी हुँदा धान चामल र केही मोटरसाइकल जलेर नष्ट भएको छ । दुवै ठाउँको आगलागीमा झण्डै दश लाख रुपैयाको क्षति भएको अनुमान छ । हरिहरपुर बिर्ताका गोढको घरमा खाना पकाउने चुलोबाट बिहान आगलागी भएको र कोइरीको घरमा आगलागी हुनको कारण खुल्न सकेको छैन । कोइरीको घरको आगलागीमा हुँदा ना ६२ प ६२५३ नम्बरको मोटरसाइकल र बीआर २२ के ९५३२ भारतीय नम्बरको मोटरसाइकल नष्ट भएको प्रहरीले जनाएको छ । आगोलाई पोखरिया नगरपालिकाबाट गएको दमकल, स्थानीयवासी र सुरक्षाकर्मीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here