चन्द्रनिगाहपुर,११ पुस । चन्द्रनिगाहपुरबाट काठमाण्डौ जादै गरेको सुमो दुर्घटनामा बिक परिवारका ४ सदस्यको ज्यान गएको छ । दुर्घटनामा चन्द्रनिगाहपुरको मिलन चोकका केदार तिमलसिनाको समेत ज्यान गएको छ ।
मकवानपुरमा आज दिउसो भएको सुमो दुर्घटनामा चन्द्रपुर ४ का मनिस बिक ,उनकी श्रीमती श्रृजना बिक सप्तारी घर भएका नेत्र बहादुर बिक र उनकी श्रीमतीको ज्यान गएको हो । मृतक चारै बिक परिवार नातामा आफ्न्त हुन ।
आज दिउसो चन्द्रनिगाहपुरबाट गएको ना १ ज ३४३३ नम्बरको सुमो मकवानपुरको ईन्द्र सरोवर गाँउपालिकामा दुर्घटना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here