काठमाण्डौ,१२ पुस । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समितिको म्याद एक बर्ष थपेपछि क्रुद्ध बनेका वरिष्ठ नेता रामचन्द्र पौडेल पधक्षरले पनि छुट्टै भेला डाकेको छ । सभापति देउवाले एकलौटी रुपमा पार्टीका महत्वपूर्ण निर्णयहरु गरेको भन्दै पौडेल पक्षले छुट्टै भेला गर्न लागेको हो । हिजो बसेको बैठकले विभिन्न विभागहरु गठनका साथै भ्रातृ संस्थाहरुको म्याद पनि थप गरेको थियो । वरिष्ठ नेता पौडेलले आज दिउसो महामन्त्री डा. शशांक कोइराला निवासमा आफू निकट नेताहरुसग छलफल गर्ने तयारी गरेको थाहा खबर डटकममा समाचार छ
छलफलपछि पौडेलले आजै पत्रकार सम्मेलन गरी आफ्ना विमत्तिहरु सार्वजनिक गर्ने जानकारी दिएका छन् । सभापतिको एकलौटी निर्णयले पार्टीलाई कमजोर बनाउने भएकाले यसमा आफूहरुको सहमति नभएको पौडेलले दाबी गरे । पौडेल पक्षले बोलाएको बैठकमा अर्का नेता कृष्णप्रसाद सिटौला पनि सहभागी हुने बताइएको छ । सभापति देउवाको नेतृत्वमा हिजो बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको १४ औं महाधिवेशन आगामी २०७७ फागुनमा सार्ने निर्णय गरेको थियो । कांग्रेस पार्टीको विधानअनुसार हरेक ४ वर्षमा हुनुपर्ने महाधिवेशन हुनुपर्छ । विधानअनुसार अघि बढ्दा कांग्रेस महाधिवेशन यही फागुनमा सम्पन्न गर्नुपर्छ । तर विशेष परिस्थिति भन्दै सभापति देउवा पक्षले महाधिवेशन एक वर्ष पर धकेलिदिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here