अशोक पहाडी ,
बंकुल,१२ पुस
रौतहटको बंकुल नाकाबाट तस्करी तिब्र भएको छ ।
बंकुलमा रहेको सशस्त्र प्रहरी बेस र नेपाल प्रहरीको ईलाका प्रहरी कार्यालय बंकुलको मिलेमतोमा तस्करी बढेको स्थानीयले जानकारी दिएका छन । ईलाका प्रहरी कार्यालय बंकुलका सई कृष्ण बस्नेत र सशस्त्र प्रहरी बेस क्याम्प बंकुलको मिलेमतोमा तस्करी बढेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । प्रहरीले मासिक रुपमा पैसा लिएर तस्करीको लाईन दिएको स्वयम तस्करहरुले बताएका छन् । बंकुलमा रहेको ईलाका प्रहरी कार्यालयका सइ बस्नेतले बंकुल बजारका ब्यापारीबाट मासिक ४० हजार ,अबैध रक्सी भट्टी संचालकसंग २० हजार ,भन्सार छलीका समान सिमावारपार गराउनेसंग मासिक रकम लिने गरेको स्थानीय बासिन्दा बिरेन्द्र यादवले जानकारी दिएका छन् ।
घरायसी कामको लागि समान ल्याउदा तस्करी भयो भन्दै पक्राउ गर्ने सशस्त्र र नेपाल प्रहरीले पछिल्लो केहीदिन देखी तस्करीको लाइननै खोलाएको स्थानीय बासिन्दा यादवले बताएकाछन् ।
सो बिषयमा जिल्ला प्रहरी कार्यालय गौरमा जानकारी गराउदा समेत सम्बन्धीत निकायले वास्ता नगरेको यादवको भनाइ रहेको छ ।
बंकुलमा रहेको सशस्त्र प्रहरी बेस र ईलाका प्रहरी कार्यालयले समान भारतबाट ल्याउदा मासिक रुपमा पैसा लिने गरेको सिमामा डिउटीमा रहेका प्रहरीलाई एक पटक समान ल्याउदा ५० रुपैया दिने गरेको तस्करी कार्यमा संलग्न मौलापुरका स्थानीय युवा दिपेश चौरसियाले बताए ।
बंकुल बजारमा छोटी भन्सार कार्यालय रहेको भएपनि त्यहां भन्सार कर्मचारी नबस्ने गरेका कारण पछिल्लो समय बंकुल नाका तस्करीका लागि चर्चित बनेको छ ।
बंकुल नाका हुदै नेपालबाट मदिरा ,सुपारी ,ल्वाङ ,ईलाइची लगाएतका समान भारत जाने गरेको छ ।
भारतबाट कोइला ,प्याज ,आलु श्रृगारका समान ,निर्माणका समान भन्सार नतिरी बंकुल नाका हुदै नेपाल भित्रने गरेको छ ।
यता गौर भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा एउटा कागज बनाएर पटक पटक राजश्व छलेर समान नेपाल भित्रने गरेको स्थानीय कारोवारीको भनाइ रहेको छ ।
गौर भन्सारबाट एक पटक भन्सार तिरेको कागजका आधारमा सात पटक सम्म समान नेपाल भित्रने गरेको एक ब्यापारीले जानकारी दिएका छन् । गौर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत आशुतोष राईले भने गौर भन्सारबाट त्यसरी समान नभित्रने गरेको दावी गरे ।
उनले कर्मचारी अभावका कारण बंकुल नाकामा पठाउन नसकेको दवी समेत गरेका छन् । भन्सार कर्मचारी नबस्ने गरेका कारण बंकुल नाका यतीबेला तस्करी गर्ने गिरोहको अखडा बनेको स्थानीयको भनाइ रहेको छ । बंकुल नाकाबाट उमाशंकर जयसवाल,मोतिम मिया, संजय यादव सहितको समुहले तस्करी गर्ने गरेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here