रौतहट,१२ पुस । भारतको राजस्थानमा भएको साउथ एरियन कराते च्याम्पियनसिप कराते प्रतियोगितामा नेपाल दोस्रो स्थान प्राप्त गरेको छ ।
कुमुते तर्फ नेपाली खेलाडी अनमोल सिबाकोटी ,भुवन कट्टेल, एमडी अमन,किशोर कोइराला,महेस यादब,बिबेक थापाले स्वर्णपदक हात पारेका छन् ।
यस्तै कातामा भुवन कट्टेल,महेस यादब, एमडी अमन र बिबेक थापाले दोहोरो स्वर्णपदक हात पारेको निर्णायक तथा कराते प्रशिक्षक बिरेन्द्र कर्णले जानकारी दिएका छन् । नेपाली खेलाडीले राम्रो खेल प्रर्दशन गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको सो प्रतियोगिताका रेफ्री कमिस्नर तथा कराते प्रशिक्षक सुरेन्द्र श्रेष्ठ ले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here