काठमाण्डौं,१४ पुस / नेपाल भ्रमण वर्ष २०२० को यही जनवरी एक अर्था पुस १६ गते बुधबार एक भव्य समारोहका विच उद्घाटन हुने भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्टूपति विद्यादेबी भण्डारीले उद्घाटन गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भ्रमण वर्षको तयारीबारे जानकारी दिन आज काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । समारोहमा चीन, भारत, जमैका, म्यान्मार लगायत देशका पर्यटनमन्त्री सहभागी हुनेछन् भने १८ देशका ३५ भन्दा बढी पत्रकारको उपस्थिती रहनेछ । उद्घाटननको सम्पूर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी गराउनुभयो ।
जनवरी १ अर्थात पुस १६ गते दिउँसो ४ बजे बाट औपचारिक कार्यक्रम शुरु हुने उहाँले बताउनुभयो ।
उद्घाटन समारोहमा सामाजिक संघ सस्था, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना लगायतले मार्च पास गर्ने कार्यक्रम तय भएको छ ।
संयोजक वैद्यले दशरथ रंगशालामा उपस्थित हुने सबैलाई पासको व्यवस्था गरेको भन्दै सर्वसाधरण तथा आगन्तुकलाई तीन देखी पौने चार बजे सम्म भित्र गईसक्नुपर्ने बताउनुभयो । भीभीआईपी भने चार बजे उपस्थिती हुने उहाँले जानकारी दिनुभयो । त्यसपछि साँझ ७ बजेसम्म कार्यक्रम हुने तालिका रहेको छ ।
कार्यक्रममा नेपाली सांस्कृतिक झाँकी सहित राष्टिूय कलाकार मार्फत सांगितिक कार्यक्रम समेत रहेको छ । त्यस्तै, विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत जनवरी सातमा भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिएको छ । यसबाहेक उक्त दिन काठमाडौंसहित सबै प्रदेशमा समेत भ्रमण वर्ष उदघाटन हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here