जनकपुरधाम १५ पुस । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले संविधान संशोधन नगरी सरकार अगाडि बढे ठूलो विस्फोट हुने चेतावनी दिएका छन् । महोत्तरीको जलेश्वरमा समाजवादी युवा संघको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादबले भने, ज्वालामुखी भित्रभित्रै जलिरहेको हुन्छ । एक विन्दुमा पुगेपछि विस्फोट हुन्छ । त्यसरी नै मधेसी र पहाडका जनजाति भित्रभित्रै छटपटाई रहेको छ। यस्तै रहे ठूलो विस्फोट हुन्छ । विस्फोटमा मधेसी जनताको जीत हुनेछ उनले भने । संविधान संशोधन गराउने लक्ष्यका साथ संरकारमा गएको र त्यही लक्ष्यका साथ सरकार छाडेको उनले बताएका छन् । उनले अब संसद र सडक संघर्ष गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here