विजयपुर, १६ पुस / रौतहटको फतुवा विजयपुर नगरपालिकाको नगरसभा सम्पन्न भएपनि मेयर र उपमेयर विच विवाद कायमै रहेको छ । नगरसभा हुनुभन्दा पहिलादेखी नै मेयर र उपमेयर विच हुंदै आएको विवाद अहिले आएर उत्कर्षमा पुगेको छ । गत ११ गते मेयर गोपाल प्रसाद यादवले उपमेयरको असहमति र असन्तुस्टीका विच बहुमतको आडमा नगरसभा गरेपछि झन विवाद चर्केको हो । फतुवा विजयपुर नगरपालिकाका मेयर यादव नेपाली कांग्रेसबाट निर्वा्चित रहेका छन भने उपमेयर कान्ति देवी महतो नेकपाबाट निर्वा्चित रहेकी छिन । फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेसको बहुमत रहेको छ । बहुमतको आडमा मेयर गोपाल यादवले उपमेयर कान्ति देवी महतोको विरोध र असन्तुस्टीको बावजुद पनि पुस ११ गते दुई तिहाई बहुमतले नगरसभा पास गरेको थियो । दुई तिहाई बहुमतको दम्भमा नगर प्रमुख यादव आफुहरुलाई बाईपस गर्दै एकलौटी रुपमा नगरसभा गरेको उपमेयर कान्ति देवी महतोले आरोप लगाएकी छिन । मेयर यादवले एकलौटि रुपमा गरेको नगरसभालाई उपमेयर कान्तिदेवीले बहिस्कार गरेकि थिईन । मेयर यादवले वडा अध्यक्षहरु सहित आफुलाई गत वर्षको जती रकम यस वर्ष दिन नमानेका कारण परिषदमा सहभागि नभएको उनले बताईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here