रुपेन्द्र पटेल चन्द्रपुर,१७ पुस
चन्द्रपुर–३ गैडाटारका अग्नी पिडितलाई ईलाका प्रहरी कार्यालयका चन्द्रनिगाहपुर डिएसपि कवित कटुवालले बुधबार राहत सामग्री बितरण गर्नु भएको छ । डिएसपि कटुवालको पहलमा नेपाल रेडक्रस सोसाइटी गौरबाट प्राप्त सो राहत सामग्री पिडित चन्द्रपुर–३ गैडाटार सुत्ने खोलाका विर बहादुर थोकरलाई बुधबार हस्तान्तरण गर्नु भएको हो । राहत भाडाकुडा , ओढ्ने ब्लाङकेट , त्रिपाल , बाल्टिन , लताकपडा लगायतका सामग्री बितरण गरिएको जनाइएको छ ।
आफु लगायत घरका बालबच्चासहित सबै जंगलमा दाउरा काटना गएकोले मानवीय क्षति भने हुन नपाएको पिडितका दाजु सुवास थोकरले बताउनु भयो । मंगलबार बिहान अन्दाजी ८ बजेको समयमा सो घरमा आगलागी हुदा घरमा रहेको कुनै पनि सामान निकाल्न नपाएको पिडित विर बहादुर थोकरले बताउनु भयो । सो आगलागी हुदा घरभित्र भएको धान , लताकपडा ,मकै , कोदो , सोलर , भाडाकुडा , चामल लगायत घरायसी सम्पुर्ण सामग्री जलेर ध्वस्त भएको पिडित फुल माया थोकरले बताए । घरमा कोही नभएकोले सो घरमा भएको लताकपडा , अन्नपात लगायतका कुनै पनि सामग्री निकाल्न नपाएको स्थानियले बताएका छन । सो आगलागीबाट अन्दाजी ४ लाख ७४ हजार बराबरको क्षति भएको अस्थायी प्रहरी चौकी गैडाटारका असइ नविन कापरले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here