सिरहा,१७ पुस / नेपाल भ्रमण वर्ष–२०२० को अवसर पारेर सिरहाका नाकाहरूमा भारतीय पर्यटकलाई स्वागत गरिएको छ । भ्रमण वर्ष २०२० जिल्ला समन्वय समिति, सिरहाले भारतसँग सीमा जोडिएका खैरटोका माडर, बरियारपट्टी र ठाँडीमा भारतीय पर्यटकलाई गम्छा लगाएर स्वागत गरेको हो । सिरहा जिल्लाको मुख्य नाका माडर खैरटोकामा विशेष कार्यक्रमको आयोजना गरी नेपाल भित्रिएका भारतीय पर्यटकहरूलाई गम्छा लगाएर स्वागत गरिएको समन्वय समिति सिरहाका अध्यक्ष अशोकलाल अमात्यले बताए । सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादव, उपमेयर डा. नमिता यादव, उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष प्रमोद पोद्दार, नेपाल(भारत मैत्री संघका अध्यक्ष सन्तोष अग्रवाललगायतले भारतीय पर्यटकलाई स्वागत गरे । भ्रमण वर्ष २०२० को लागि सिरहामा राजा सलहेश गहबर क्षेत्र, सलहेश फूलबारी, पकडीया गढ, राजदेवी पञ्चावती र बाबा ताललाई प्रमुख गन्तव्यस्थलको सूचीमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here