चन्द्रपुर,१८ पुस / करिब एक सातादेखि भुक्तानीको माग गर्दै काठमाडौंकेन्द्रित आन्दोलन थालेका उखु किसानलाई आन्दोलन बन्द गर्न सरकारले प्रस्ताव गरेको छ ।
उखु किसानको आन्दोलन चौतर्फी समर्थन बढ्दै गएपछि सरकारले बुधबार वार्ताका लागि बोलाएको थियो । राजपा नेपालका सहमहामन्त्री राकेश यादवको नेतृत्वमा आन्दोलनरत् किसानहरुको टोली ११ बुँदे मागसहित सिंहदरबारमा वार्ता गरेको थियो ।
वार्तामा सरकारी पक्षले आन्दोलनलाई रोक्नुस् तपाइहरुको सबै माग पूरा हुन्छ तर, यसका केही समय दिनुस सरकारी पक्षको भनाई उदृत गर्दै किसानहरुका अगुवा राकेश मिश्रले तराई एक्सप्रेसलाई भने, हामी धेरै पटक धोका खाइसकेका छौं । किसानले भुक्तानी पाउने ठोस आधार नआएसम्म आन्दोलन रोकिँदैन ।
सरकारी पक्षले जसरी भएपनि उखु किसानको भुक्तानी गराएरै छाड्ने तर यसका केही समय लाग्ने भएकोले केही दिनको म्याद दिन सरकारी पक्षले आग्रह गरेको मिश्रले बताए ।
उनले सबै किसानहरुसँग छलफल गरेर मात्रै आन्दोलनको स्वरुपबारे निर्णय गर्ने बताएका छन् ।
उनले किसानले सबै भुक्तानी नपाएसम्म आन्दोलन नरोकिने तर, स्वरुप परिवर्तन हुने बताएका ।