बलिउडकी नायिका मल्लिका शेरावत नयाँ वर्ष मनाउन लुम्बिनी आएकी छिन् । उनी नयाँ वर्ष सुरु हुनु चार दिन अघि नै नेपाल आइपुगेकी हुन् । मल्लिकाले आपफ्नो ट्वीटर अकाउन्टमा २८ डिसेम्बरमा टाइगर प्यालेस नामको रिसोर्टलाई उत्कृष्ट सत्कारको लागि धन्यवाद दिदै भिडियो पोष्ट गरेकी थिइन् ।
यसका साथै उनले डिसेम्बर २९ मा लुम्बिनीको तोरीबारीमा दौडिएको स्लो मोसन भिडियो पनि पोष्ट गरेकी छिन् ।
यसलाई उनले आफ्नो डिडिएलजे मोमेन्ट भनेकी छिन् । फिल्म दिलवाले दुल्हनीया ले जाएङगेलाई छोटकरीमा डिडिएलजे भनिन्छ । यसमा फिल्मकी नायिका काजोल शाहरुख खानलाई भेट्न तोरीबारीमा दौडिएकी थिइन् ।
उनले शान्त र आनन्ददायी वातावरणमा उत्कृष्ट योगा गरेर वर्षको पहिलो दिनको सुरुवात गरेको भन्दै भिडियोसमेत सेयर गरेकी छिन् ।४३ वर्षे मल्लिकाले आफ्नो सोसल मिडिया अकाउन्टमा लुम्बिनीमा चाँडै नै भ्रमण गर्ने योजना बनाइरहेको बताएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here