चन्द्रपुर,२० पुस / दुग्धजन्य बस्तुको ब्यापार सरकारी मापदण्ड अनुसार नभएको पाईएको छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा भएको डेरी अनुगमनका क्रममा यस्तो फेला परेको हो ।
पशु सेवा केन्द्र चन्द्रपुर , चन्द्रपुर नगरपालिका र उपभोक्ता हित संरक्षण मञ्चले गरेको अनुगमनका बेला दुग्ध जन्य बस्तुको ब्यापारी सरकारी मापदण्ड अनुसार नभएको पाईएको पशु सेवा केन्द्र चन्द्रपुरका प्रमुख खडक मैनालीले जानकारी दिएका छन् ।
रौतहट दुध डेरी संघ गठन भएको भएपनि त्यो जिल्ला प्रशासन कार्यालय लगाएतका स्थानमा दर्ता नभएको ,दुग्ध जन्य पदार्थको गुणस्तर सन्तोष नजक नरहेको ,किसान र ब्यापारी बिच समन्वयनै नगरी दुधको मुल्य निर्धारण भएको पाईएको हो ।
चन्द्रनिगाहपुरका अधिकांस दुध डेरी सम्बन्धीत निकायमा दर्तानै नगरी संचालनमा रहेको ,डेरीको साईन बोर्ड समेत नरहेको ,लेवल खुलाउनुपर्ने कुराहरु समेत स्पष्ट नहरेको पाईएको चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीले जानकारी दिईन् ।
अनुगमनका क्रममा ब्यापारीबाट भएका गल्तीलाई एक पटकका लागि सुधारर्ने मौका दिएको र अर्को पटक अनुगनका क्रममा गल्ती भेटेमा कडा कार्वाहीको चेतावनी दिएको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका सचिव टिका घिमिरेले जानकारी दिएका छन् ।
रौतहट दुध डेरी संघका अध्यक्ष दिलिप सापकोटाले चन्द्रपुर नगरभित्र रहेका दुग्धजन्य बस्तुका ब्यापारीहरुको भेलाले तदर्ध समिति गठन गरेको र अव चाडै आफुहरुले संघ जिल्ला प्रशासन कार्यालयमा दर्ताको प्रक्रिया अगाडी बढाउने जानकारी दिएका छन् ।
सापकोटाले दुध ब्यापारी र पशु पालक किसानको समन्यमा आफुहरुले दुधको मुल्य निर्धारण गरेको बताए । अवका दिनमा आफुहरुले सरकारी ,स्थानीय सरकारको मापदण्डमा रहेको दुधको कारोवार गर्ने बताए ।
स्थानीय सरकार तथा केन्द्र सरकारले दुग्धजन्य बस्तु बिक्रेताले आफ्नो लागो ,मूल्य सुचि र म्याद सहितको स्टिकर टांसेर मात्र दुग्ध जन्य बस्तुको बिक्रि बितरण पांउने ब्यावस्था रहेको छ ।