रुपेन्द्र पटेल,२२ पुस / रौतहटकोे बृन्दावन नगरपालिका वडा नम्बर २ मा अवस्थित श्री नेपाल उच्च मावि विद्यालय बिश्रामपुरमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा बृन्दावन नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सिकिन्द्र पटेल, विद्यालयका प्रध्यानाध्यापक विश्वनाथ पटेल तथा कक्षा शिक्षकहरुले छात्रवृति रकम तथा पोषाक हस्तान्तरण गरे । छात्रवृति वितरण गर्दै वडाअध्यक्ष पटेलले नेपाल सरकारद्वारा वितरण गरिएको छात्रवृतिले गरिब जेहेन्दार विद्यार्थीहरुलाई थोरै भए पनि सहयोग पुग्ने बताए । त्यस्तै विद्यालयका प्रध्यानाध्यापक विश्वनाथ पटेलले प्रदान गरिएको छात्रवृतिलाई शैक्षिक क्षेत्रमै सदुपयोग गर्नुपर्ने अभिभावक तथा विद्यार्थीहरुलाई आग्रह गरेका थिए । सो छात्रवृति वितरण बृन्दावन नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले शिक्षा र स्वास्थयलाई मुख्य प्राथमिकतामा राखेर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here