काठमाण्डौं,२६ पुस / समाजवादी पार्टीले देशभरका गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण गर्ने र पार्टीको विचार जनताको बिचमा लैजाने उद्देश्यका साथ आगामी माघ ३ गतेदेखि संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)–२०२० सञ्चालन गर्ने भएको छ ।
यस अभियानलाई सञ्चालन गर्न समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा विसु अभियानको सचिवालय गठन गरेको छ । संयोजक श्रेष्ठले माघ ३ गते सातवटै प्रदेशबाट एकसाथ अभियान उद्घाटन गरिने बताए ।
अभियानको उद्घाटनका लागि पार्टीका शीर्ष नेताहरू सातै प्रदेशका कार्यक्रममा भाग लिने छन् । संयोजक श्रेष्ठले यसअघि पार्टी एकीकरण र समायोजनको कामको जिम्मेवारी पनि सम्हालेका थिए ।
पार्टी कार्यालयको स्रोतले जनाए अनुसार अभियानको उद्घाटन तथा अभिमुखिकरण ७ वटै प्रदेशमा एक साथ हुने् छ ।
यसका लागि निम्नानुसार पार्टीका केन्द्रीय पदाधिकारीहरू खटाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here