ओम प्रकाश यादव, गरुडा,२८ पुस / रौतहटको कटहरिया नगरपालिका ८ डुमरिया स्थित जिल्लाको दोस्रो बाबा बैजुनाथ सुगर मिल्समा चालान पुर्जी बितरणमा समस्या देखिएको छ ।
खु“टीउ“खु चालान गर्नेसमय किसानको माग अनुसारको चालान पुर्जी दिन नसकेको किसानहरुले गुनासो गरेका छन ।
जिल्लाको दोस्रो ठुलो उद्योगको रुपमा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स प्रा.ली डुमरिया गत मंशिर २५ गते देखी सञ्चालनमा आएको थियो ।
गतबर्ष मात्र तिनलाख ५० हजार कुईन्टल उ“खु क्रसिंग गरेर परिक्षण गरे पनी यस सिजनमा १५ देखी २० लाख कुईन्ट उ“खु क्रसिंग गर्ने लक्ष्य रहेको मिलका जिएम पिके सुक्लाले बताएका छन । चिनिमिल सञ्चालन भएको झण्डै एकमहिनाको अवधिमा गत सातगते सम्म चलेको उँखुको रकम किसानको खातामा पठाई सकेको जिएम सुक्लाले बताए ।
हजारौं मानिसलाई रोजगारी समेत दिन सफल मिलले उ“खु किसानको समस्या सक्दो समाधान गर्ने उधोगी ओमप्रकास जयसवालले बताए । देशको अन्यभागमा रहेका चिनिमिलहरु प्राय.ंमारवाडीको एकाधिकारको रुपमा रहेकाले मिल सञ्चालन गुर्न ठुलो चुनौती रहेको उधोगी जयसवालको भनाई छ ।
तर पछिलो समय बाबा बैजुनाथ शुगर मिल डुमरियामा केही बिचौलिया दलालहरुको चलखेल बढेको छ । मिलले बिचौलियालाई चाहिएजती चालानपुर्जी दिनेगरेकाले उनीहरुले सिधासाधा किसानको उ“खु तिनसय५० देखी चारसय प्रति कुईन्टलमा खरीद गरेर ठगी गरीरहेका छन । सरकारले प्रति कुईन्टल उँखुको मुल्य पाँचसय३६ रुपैया २८ पैसा तोकेको अवस्थामा मिलले पैसा दिदैन भन्ने भ्रम छरेर केही दलालहरुले कम भाउमा उ“खु खरीद गरेर किसानलाई ठगीरहेको कटहरिया गाबिसका पुर्व उपाध्यक्ष जयप्रकास यादवले बताए । किसानलाई ठगीगर्ने मिल र बिचौलियालाई सरकारले कार्यवाही गर्नुपर्ने उपाध्यक्ष यादवले माग गरेका छन ।
मिलका जिएम पिके सुक्लाले आरोपको अण्डन गर्दै मिलले किसानलाई आवशयक चालान दिरहेको कुनै दलाल नरहेकाले कुनै तत्वले आफुलाई बदनाम गर्न खोजेको प्रतिकृया दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here