ओम प्रकाश यादव,
रौतहट,२९ पुस ।
रौतहटको माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादवले चिसोको समयमा चिसोबाट बाच्न आज सयौ थान कम्बल वितरण गरेका छन ।
माधवनारायण नगरपालिका वडा नं ४ विसुनपूर्वा मानपुरमा आज एक कार्यक्रमकाबीच मेयर यादव चिसोबाट बाच्न दलित तथा अति विपन्न परिवारमा एक सय थान कम्बल वितरण गरेका छन ।
विगत केहि दिनदखी अत्याधिक मात्रामा बढेको चिसोले खास गरी गरिव, दलित एवं अति विपन्न परिवारलाई चिसो छल्न समस्या भएको अनुभुति गर्दै मेयर यादवले चिसोबाट प्रभावित एक सय परिवारलाई प्रति परिवार एक एक थान कम्बल बाडेको उनका सहयोगी भोला कुश्वाहाले जानकारी दिएका छन ।
कम्बल वितरणले आम नागरिकलाई चिसोबाट केहि राहत होस भन्ने हिसावले उक्त कम्बल वितरण गरिएको मेयर विरेन्द्र यादवले बताए ।
चिसोबाट बाच्न यस अघि पनि मेयर यादवले विभिन्न वडामा कम्बल वितरण गर्नुको साथै दाउरा पनि उपलब्ध गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here