कटहरिया ३ माघ / रौतहटको कटहरिया नगरपालिका स्थित पोखरीमा डुबेर एकबालकको मृत्यु भएको छ । कठरिया ५ स्थित रामजानकी मठछेउमा रहेको पोखरी मा डुबेर आज बिहान एकबालकको मृत्यु भएको हो । मृत्यु हुनेमा कटहरिआ ५ का तिजिलाल यादव को छोरा १२ बर्षिय फेकु यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले बताएका छन । लामोसमय देखि छारेरोग बाट ग्रसित बालाक आज बिहान खुला खेतमा सौच पछि पोखरीमा धुनगएका फेकु यादव पानीमा लडेका थिए । उपचारको लागि प्राथमिक स्वास्थ केन्द्र कटहरियामा लैजादा चिकित्सक ले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here