गौर,३ माघ / रौतहट स्थित सशस्त्र प्रहरीको सकृयतामा नेपाल भारत सिमाना छुटयाउने दशगज्जा क्षेत्रमा अनाधिकृत निर्मित दर्जनौ घरटहरा हटाईएको छ । सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटरका प्रमुख एसपी रबनराज कर्ण्जितको बिषेश पहलमा सदरमुकाम गौर देखी परोहा,ईशनाथ लागयत स्थानियतह संग टाँसिएको भारतिय सिमाना छुटयाउने दशगज्जा क्षेत्रमा दुबैदेशका बासिन्दाले निर्माण गरेको झण्डै तिनदर्जन घरटहरा हटाईएको छ । गत पुस ९ गते भारत सितामढी जिल्ला बैरगनिया स्थित अधैसैनिकबल एसएसवीका कमाण्डेन्ट तपन कुमार दाशको अध्यक्षतामा बसेको दुईपक्षिय बैठकले दशगज्जा क्षेत्रको अतिक्रमण हटाउने सहमती भएको थियो । सोही सहमती अनुसार भारतिय अर्धसैनिक बल एसएसबी र सशस्त्र प्रहरीको संयुक्तटोलीले गौर,ईशनाथ र परोहा नगरपालिका संग जोडिएको सिमानामा भारतिय र नेपालीले निर्माण गरेको ३४ वटा घरटहरा हटाईएको सशस्त्रका एसपी रबिनराज कर्ण्जितले जानकारी दिएका छन । त्यसैगरी ईशनाथ नपा २ औरैयाको पिलर नम्बर ३४८।२ र ३४८।१ नजिक दशगज्जामा नेपाल तर्फ च्यापीएर भारतिय पक्षले ठडयाएको पाँचवटा बिधुतपोल ३५ फिट भारत तर्फ सारीएको एसपी कर्ण्जितले बताएका छन । त्यसैगरी नेपाली र भारतिय नागरिकले दशगज्जा अतिक्रमण गरी खेती गर्दैआएको ५० बिगहा भन्दा बढी जग्गा खाली गराईएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।
त्यतीमात्र नभई पछिलो समय रौतहट स्थित सशस्त्र प्रहरीको सकृयताले पुस महिनाभित्र मात्रै ५६लाख ५३ हजार,चारसय ९० रुपैया बराबरको बिभिन्न अबैध भारतिय सामान बरामद गरी भन्सार बुझाएको छ । यस आर्थिक बर्षको साउन महिना देखी हालसम्म सशस्त्र प्रहरीको टोलीले जिल्लाको बिभिन्न स्थान बाट तिनकरोड, ३४लाख सातसय ९६ रुपैया बराबरको बिभिन्न अबैधसामान बरामद गरी आवशयक कार्यवाहीको लागी जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको तथ्यांकमा उलेख रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here