चन्द्रपुर,३ / माघ ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अबैध घरेलु मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा बरामद गरिएको करिब १ हजार ५ सय लिटर अबैध घरेलु मदिरा पत्रकार र स्थानीय बासिन्दाको रोहबरमा बिहिबार प्रहरीले खाडल खनेर नष्ट गरेको हो । बस,अटो,ई—रिक्सामा राखेर बिक्रिका लागी लैंजादैं गरेको मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी हेम बहादुर शाहीले जानकारी दिए । अवैध मदिरा भट्टी बाट उत्पादित रक्सी सदरमुकाम गौर, गरुडा र चन्द्रनिगाहपुरका बजारमा खुलेआम रुपमा बिक्री बितरण हुदै आएको आफुले जानकारी पाएको बताउ“दै डिएसपी शाहीले अबका दिनमा यसको उत्पादन र बिक्रि बितरणमा प्रतिबन्ध लगाउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here