चन्द्रपुर,४ माघ / रौतहटको चन्द्रपुर—३ भोलुम्टारमा शुक्रबार आखा तथा कान शिविर सम्पन्न भएको छ । भिजन नेपालको सहयोगमा चन्द्रपुर नगरपालिकाका वडा अध्यक्ष बोझ नाग देवकोटाको पहलमा गैडाटार युवा विकास केन्द्र नेपालको आयोजनमा सो शिविर सम्पन्न भएको हो । शिविरमा १२० जनाको चेकजाच गरिएको थियो । जसमध्ये २० जनामा मोतीविन्दु देखिएकोले शनिबार भिजन नेपाल चन्द्रनिगाहपुरमा अप्रेसन हुने गैडाटार विकास केन्द्र नेपालका अध्यक्ष रमेश तिमल्सिनाले जानकारी दिनु भयो । शिविरमा गैडाटार युवा विकास केन्द्रका पदाधिकारीहरुले स्वयमसेवकको भुमिका निवौह गरेका थिए ।
पछिल्लो समय गैडाटार युवा विकास केन्द्रले आफनो कार्यलाई तिव्रता दिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here