ओम प्रकाश यादव गरुडा,५ माघ / मेयर र उप–मेयरविच कुरा नमिल्दा रौतहटको एक स्थानीयतहको नगरसभाको बन्दसत्र ओझेलमा परेको छ । प्रमुख र उप–प्रमुख विच रहेको विवादका कारण रौतहटको देवाही गोनाही नगरपालिकाका नगरसभा सम्पन्न भएको ६ महिना वितिसक्दा पनि अझै बन्दसत्र हुन सकेको छैन । यस चालु आर्थिक वर्ष २०७६÷७७ का लागि गत असाढमै नगरसभा सम्पन्न भएपनि अझै बन्दसत्रको काम अगाडि बढन सकेको छैन । नगरपालिकाका मेयर धर्मेन्द्र पटेल र उप मेयर परनिया देवी पटेलवीच रहेको आरोपप्रत्यारोपका कारण बन्दसत्र ओझेलमा परेको देखिएको छ । उप प्रमुख परनियादेवीले मेयर पटेल बन्दसत्र गर्न नचाहेको आरोप लगाएकी छिन । मेयर पटेल करोडौं रकम घोटाला गर्नै दाउ“मा रहेका कारण नगरसभा गर्न नमानेको उप–मेयर पटेलले बताएकी छिन । आफु लगाएत नगरपालिकाको नवांै वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरु बन्दसत्र गर्न मेयर पटेललाई पटक–पटक लिखित र मौखिक तारकेता गर्दा पनि मेयर पटेल बन्दसत्र गर्न नमानेको उप–मेयर पनिया देवी पटेलको आरोप छ । देवाही गोनाही नगरपालिकाको गत वर्ष पनि नगरसभा भएपनि बन्दसत्र हुन नसक्दा नगरपालिकाको करोडौं बजेट कामै नलागी फ्रिज भएका थिए । त्यस्तै यस वर्ष पनि सोही रबैया रहयो भने नगरसभाको बन्दसत्र नभई करोडांै रकम फ्रिज हुने अवस्था देखिएको छ ।
नगरपालिकाकी उप–मेयर परनिया देवी पटेलले गत वर्ष बन्दसत्र नभएकै कारण मेयर धर्मेन्द्र पटेल तत्कालिन निमित्त प्रमुख प्रशासकिय अधिकृत मनोज झासंग मिलोमतो गरी १२ करोड रुपैया“ हिनामिना गरेको आरोप लगाएकी छिन । मेयर धर्मेन्द्र पटेल गत वर्ष नगरपालिकाको लागि प्राप्त भएको ८ करोड सर्सत अनुदान, ३ करोड पुजिगत र १ करोड अन्य गरी कुल १२ करोड रुपैया“ केहि काम नै नगरी हिनामिना गरेको उप–मेयर पटेलले बताएकी छिन । नगरको समग्र विकास निर्माणको लागि प्राप्त भएको १२ करोड रुपैया“ मेयर पटेल आफुलाई कुनै जानकारी नै नदिई कागजमै काम गरेर हिनामिना गरेको उप–मेयर पटेलको दावी छ ।
मेयर पटेलले उक्त १२ करोड रकम करुनिया र लक्षमिनियामा मदर्शाको वाल निर्माण, नगर भित्रका सडक मर्मत, ग्रेभल, शिक्षा, स्वास्थ्य, यातायात लगाएतको क्षेत्रमा खर्च गरेको बताए पनि ति कामहरु कागजमा मात्रै सिमित रहेको र कुनै पनि काम नभएको उप–मेयर पटेलले बताईन । गत वर्ष करोडांै रकम हिनामिना गरेका मेयर पटेल यस वर्ष पनि गत वर्ष जस्तै करोडांै रकम घोटाला गर्ने नियत राखेर बन्दसत्र गर्नबाट भाग्दै हिडेको उप–मेयर पटेलले बताईन ।
मेयर पटेलले गत वर्ष गरेको कामको हिसाव किताव माग्दा आफुले गरेको घोटालाको पोल खुल्ने डरले नगरसभाको बन्द सत्र गर्नबाट भाग्दै हिडेको उनले बताईन ।